अनिदो आँखाहरू, थकित सपना
खै कुन दिन यो शरीर सँगै मरेर जान्छ
रात सँगै सपनाहरू जलेर जान्छ
बिहानीपख जूनले पनि छलेर जान्छ ।
फूलको सुगन्ध, मनको खुसी
आकाशमा उड्ने रहर कसलाई हुँदैन
पीडाको गुलेली सँगै मन झरेर जान्छ
रात सँगै सपनाहरू जलेर जान्छ
बिहानीपख जूनले पनि छलेर जान्छ ।
खोजू त कहाँ खोजु
अग्ला अग्ला पहाड ठूला ठूला नदी
मन अपाङ्ग, केही पाइलामा नै गलेर जान्छ
रात सँगै सपनाहरू जलेर जान्छ
बिहानीपख जूनले पनि छलेर जान्छ ।
विश्वास गडा सम्बन्ध विच्छेदबाट
कथाको खोला नसामा बहने रगतबाट
हावाले सोच मस्तिसको जालीबाट
आँसुले मया आँखाबाट
बिस्तारै मनको दियो धिप धिप बलेर जान्छ
रात सँगै सपनाहरू जलेर जान्छ
बिहानीपख जूनले पनि छलेर जान्छ ।
यात्रा एकलौटी
न कोही सँगै थियो
न कोही सँगै हुनेछ
यहाँ नज़ल्ने के नै छर
कोही पीडामा जल्छन्
कोही आरिसमा
सबै मेटिनु छ एक दिन
अनि सायद यो संसार फेरि फलेर जान्छ
रात सँगै सपनाहरू जलेर जान्छ
बिहानीपख जूनले पनि छलेर जान्छ ।