के भो के भो यार निद्रा पर्दैन

चैतमासको हुरी रहेछ मन
वेगले हावा आउँछ तर पानी पर्दैन
कहिले यता पल्टन्छु कहिले उता पल्टन्छु
रातले बाह्र बजाइसक्यो तर खै के भो
के भो यार निद्रा पर्दैन


मोबाइल छ, बत्ती छ , वाइफाइ छ
रातभर त्यसैको आडमा अल्झन्छु
लाख कोसीस गर्छु मनलाई सम्झाउन
तर मनको सोच मर्दैन
कहिले यता पल्टन्छु कहिले उता पल्टन्छु
तर खै के भो के भो यार निद्रा पर्दैन


केही क्षण झ्याल खोलेर आकाशका
ताराहरुमा हराउँछु
अनि भित्ताको त्यो पुरानो घडीका
सुईहरु हेर्छु ,
खै किनहो ती सुईहरु अगाडि सर्दै सर्दैन
कहिले यता पल्टन्छु कहिले उता पल्टन्छु
तर खै के भो के भो यार निद्रा पर्दैन


दिनहुँको अनिधो
आँखामा निला छापहरू देखिन
थालिसकेको छन्
तरपनि खै यार यो मस्तिष्कले यी
आँखा बन्दै गर्दैन
कहिले यता पल्टन्छु कहिले उता पल्टन्छु
तर खै के भो के भो यार निद्रा पर्दैन

Leave a Comment

Your email address will not be published. Required fields are marked *