समय

समयले उसलाई यति पछाडि छाडी छाडिसकेको छ कि न त ऊ समयलाई नै भेटाउन सक्छ न त आफुलाई नै, विगतका दिनहरुमा अल्झिनु उसको दैनिकी भैसकेको छ। विगतले उसलाई यति नमिठो स्वाद चखाएको थियो कि न उसले त्यसलाई निल्न नै सकिरहेको छ न त त्यसलाई ओकल्न नै। जीवनको सीधा रेखाबाट उ छुटिसकेको थियो, उ त अन्नतस्पर्सी भइसकेको थियो; ऊ गुम्सिएको छ एउटा अध्यारो कोठामा किन कि उ अतालिन्छ त्यो प्रकाश देखि जसले उसको त्यो विगतलाई उज्यालो बनाइदिन्छ। उ बाहिरिदै थियो मिठा यादहरु र तिता सम्झनाहरु बाट उ अज्जान अनविज्ञ ठाउँमा जाँदैथियो—ति प्यारा मान्छेहरूको, ति प्यारा यादहरूको, बाटोहरुको र नदीहरूको सामीप्य बाट टाढा। सफल हुनुहुन्छ, हिमाल देख्नु छ, सौन्दर्य देख्नु छ, जीवनको सार्थकता बुझ्नु छ—उसलाई यी कुराले छुन छाडिसकेका थिए किनकि उ त निभ्न लागेको दियो भइसकेको थियो। ती सुकेका आतहरु मेट्न सक्दैनौ, उ ति दुखेका हातहरु सेवन सक्दैन, उ अल्झेका सपनाहरु पुरा गर्न सक्दैन, उ त एक अस्ताउँदो घाम भइसकेको थियो। मानसिक रुपमा उ विलीन भइसकेको थियो, बाँकी त केवल उसको त्यो निर्जीव शरीर मात्र थियो। कुनै समय थियो उसले विभिन्न प्रणहरु गर्यो, नयाँ सपनाहरु कोर्यो, नयाँ बाटोहरु बनायो; ती सपनाहरु र ती बाटोहरु लाई भेटाउने उसले अर्को प्रण गर्यो। उसलाई के थाहा ती खुशीका दिनहरुमा गरेका प्रण हरुले उसलाई भौतिक संसारबाट छुटाउँदै थियो, बिलिन गराउँदै थियो; यी वर्षहरुमा न त उसलाई समयले नै साथ दियो न त उसले समयलाई नै।

कथा बनाउनेहरु अनि बन्नेहरु मध्य उ कथा बन्नेहरुमा परेको थियो। ऊ आफू मनले कथा लेख्दा मस्तिष्कलाई बुझाउन सक्दैन थियो अनि मस्तिष्कको कथाले मन बुझाउन सक्दैन थियो। फूलहरूको सुगन्ध थापाउनलाई न ऊ भमरा नै थियो न नै फूलहरू प्रति उसको लगाब। दिन असामान्य उसका लागि सामान्य थिए। आकाशका ताराहरू र सूर्य बीचको चमकमा सूर्यको बेग्लै पहिचान थियो। अँध्यारो रातमा कहीं कतै देखिन आउने ताराहरू उसका साथीहरु भन्दा केही फरक नपर्ला।
जीवन सोचेजस्तो हुँदैन र भएको जस्तो सोच्दैन मान्छे र यो सोभाविक र सामान्य कुरा हो या होइन उसलाई जान्ने अवसेक्ता थिएन उसलाई सिकाइ सकेको छ त्यो जिन्दगीले, ती पैताला थाक्दैनन् मन मरिसक्यो मस्तिष्कले बाटो देखाई रहेको छ। न उ नितान्त फरक ग्रहमा छ न उसले अक्सीजको साटो अरुकेही फेरि रहेको छ न उसका ती नजरले उसलाई अर्को आयाम देखाई रहेको छ तर पनि ऊ ऊ थिएन उ त कथा थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *