न दुखेको घाउमा मलम लाउने मन छ
जीवनका आधार, ती सपनाहरु
बस्ने ठाउँमा धाउन मन छ
अन्धकार त तिमि रहेछौ
जुनेली रतमा तारा गन्दै बस्न मनपराउने म
त्यो आकाश सँग मितेरी साइनो लाउने मन छ
विभिन्न प्रश्नहरूको उत्तर तिमि
तर पनि यो मुटुले मान्दैन, सँगै तिम्रो
त्यो आँखाका परेलीमा छाउने मन छ
न दुखेको घाउमा मलम लाउने मन छ
जीवनका आधार, ती सपनाहरु
बस्ने ठाउँमा धाउन मन छ ।