हिजो, आज र भोलि । समय, सोच र  बाटो ।

कहाँ, किन, कसरी । सायद जीवनको अनुयायीको रुपमा यी केही शब्दले धेरै सवाल जवाफको परिपूर्ति गर्छन् । हिजोका दिनहरु भिन्न थिए । आजका दिनहरु शुन्य छन् अनि भोलिका दिनहर एक्ला होलान् । हिजो समय कहाँ थियो र ? मनलाई बुझ्न ।  हिजो समय कहाँ थियो र सोचमा हराउन । थियो त केबल वर्तमानमा रामाउने मस्तिष्क । पगालेर एउटा आकार अँगाल्न तम्तयार । हिजोका सोच ठूला थिए, कठिन थिए । जतिनै ठूला भएपनि जतिनै कठिन भएपनि मन मस्तिष्क कत्ति पनि बिचल्लीत थिएन । पूरा होला भन्ने सोच , यहाँ कसरी भने शब्द अझै विलीन थियो । अहो !  कस्तो रमाइलो दिउँसोको चर्को घाम हातमा बल, व्याट स्वतंत्रता पाएकोमा यहाँ घामको प्रभाह कहाँ थियो र। खोला, जंगल, खेत, नहर, पोखरी सबै तिर राम्रो चिनजान थियो , आज सधैं सम्झिएर बसेनी बिर्सिएको जस्तो अभिनय गर्नु परेको छ।  अभिनयमा पोक्त भइसकेछ जीवन यहाँ । ओठमा मुस्कान, मनमा बेचैनी, सोचमा शुन्यता । ठिकै छ सब तिम्रो के छ ? किन भोलिको बाटो आज फेरियो  हिजोको बाटो आज सोचियो आजको बाटो हिजो किन आज सोचिएन । कसरी आजलाई भोलि भएको हेर्दै छु म । क्यामेराले खिचेको टाइमल्याप्स जस्तो भइरहेको छ । मस्तिष्क सागुरिदै छ नयाँ केही छैन सबै अस्तिर छ । छरपस्ट छ एकदमै छिटो छिटो दौडी रहेको छ सायद चाडै सकिन्छ होला ।

के खोजी रहेको छु म 

कहाँ खोजी रहेको छु म

किन खोजी रहेको छु म ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *