समयको परिधि बुझ्न खोज्दै छु एकान्त छ यहाँ
मन मस्तिषको एकोहोरो बेचैनि तथस्ट छ यहाँ
कहाँ कहाँ खोजिन मात्र आस तिम्रो थियो यहाँ
टाढा भैसकेछौ तिमि त्यहि भएर त होला मुटु असान्त छ यहाँ
निद्रा पुरा भए पनि थकित अनि अनिधो छु यहाँ
आखाँ बन्द गर्छु खोला किनार मसान छ यहाँ
पाइला चाल्न खोज्छु खुट्टा थरर्थराऊ छ यहाँ
बोल्न खोज्छु शोर बरबराउछ यहाँ
एक्लै आएको किन एक्लो पन संग डराउछु यहाँ
बानि तिम्रो लागेर होला मध्य रातमा कराउछु यहाँ
देखावटि मुसकान आखा भरि विलाप र वियोग पढ्दै छु यहाँ
कसरि सम्झाउ आफु संग आफै लड्दै छु यहाँ
खुसि खोज्दै यता उता भौतारिन्छु शुन्यता मात्र छ यहाँ
के गरु ? कसो गरु ? जिबनको अन्तिम पात्र छ यहाँ