कतै टाढा त्यो गाउँमा..।

जब बत्ती बल्छ
कतै टाढा त्यो गाउँमा
अनि कुखुरा बास्छ
चोकको त्यो चिया पसलमा
समाचार सुनिन्छ
खेतीको विद्यावारिधि
समय समयमा फेरिँदै जान्छ
कुटा, कोदालाहरुले लेखिदै जान्छ
धैर्यतामा विभिन्न सामग्रीहरू बुनिन्छन्
मीठो भोजन
गुन्द्रुकको झोल अनि चामलको भात
दिक्षान्त समारोह सकिन्छ
वर्ष सकिन्छ फेरिन्छ तर
कतै टाढा त्यो गाउँमा..।

Leave a Comment

Your email address will not be published. Required fields are marked *