भबिस्यको प्यासमा पिई रहेकाे छु

फुलहरमा सुन्दरता खोजिरहँदा  यो शरीर 

एउटा सानो कोठमा गुम्सिएर राखिएको रक्सीको बोतलमा फुलिरहेको बिरुवालाई नियाल्न भ्याएको थियो ।

हिजो हो कि आज आस्तिको ‘ याद ‘  मध्य रातमा भोलिको गहिरो खाडल बनी आउन भ्याएको थियो ।

हिँड्दा हिँड्दै कहाँ देखि कैले सम्म हिडेछु पर्सी पल्ट अस्तिको यादले बनाएको भोलिको खाडलमा परे पछि पो थाहा पाउन भ्याएको थियो।

मस्तिष्कमा गुसिएर रहेको ईच्छा अनि मनका काल्पनिक भिक्षा मिठो निद्रामा उठ्न नपाउँदै पूरा हुन भ्याएको थियो । 

अनि अनि त म वर्तमानमा भूत सम्झी भबिस्यको प्यासमा पिई रहेकाे छु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *