अनि पो त

सुन्छ ऊ, त्यो पारि संसारमा के  के हो के  के पाउँछ ?
र त ऊ त्यो ठूलो जहाजमा सपना बोकेर धाउँछ।

यादका भारी छुट्ने कुरै थिएन,
सँगैसँगै ऊ लिएर आउँछ।

एकान्त शून्यताको बीचमा ऊ,
दबिएको मुस्कान प्रफुल्ल भई आफूलाई अगाडि बढाउँछ।

उता त उनी , कोही पर्खिरहेकी छिन भन्ने सोचले,
ओठमा मीठो मुस्कान ल्याउँछ।

मनको धागो टुटेर जाँदा,
उसको त्यो जीवनमा अन्धकार छाउँछ।

सबै कुरा भत्किएर गए पनि,
संघर्ष ऊ अघि बढाउँछ।

थाक्छ भित्रैबाट ऊ,
पाइला सर्दैन,
अनि पो त ऊ जीवनको बत्ती निभाउँछ।

आमाको आश, सुखको संसारमा उनलाई राख्ने धोको,
आजदेखि हराउँछ।
अनि पो त घरमा रुवाबासी छाउँछ।
अनि पो त घरमा काठ्को बाकस छाउँछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *