फुलेका ती फुलहरुमा
झुमेका ती रहरहरुमा
मन प्रफुल्ल मुद्रामा
त्यो न्यानो घाममा न हराई दिइएको भए ।
त्यो मनको बाटोमा
संगितका सुमधुर स्वरहरुमा
ती कोरिएका सब्दहरुमा
यो जीवन नल्झिदिएको भए ।
त्यो नयनको गहिराईमा
मिठो ओठको मुस्कानमा
ती मिठा शब्दहरूमा
अनि बर्खायामको झरीमा त्यो तन नरुझिदेको भए ।
त्यो अपुरो निद्रा
कपिभरी शब्द
मनको प्यास
गगनका तारा गन्ये सामर्थ्य न भइदिएको भए ।
त्यो एकान्त
मन्द हावा
ती फुलेका फूलहरूको सुगन्ध
त्यो कथा नभइदिएको भए ।
खोलाको बगर
त्यो चिसो हावा
पारी त्यो हरियाली नभइदिएको भए ।
प्रश्नहरूको उत्तर
जीवनको गन्तव्य
अनि फलको अभिलाषा न भइदिएको भए ।
जीवन कस्तो हुन्थ्यो होला ?